फिल्मीखबर साप्ताहिकले आफ्नो प्रकाशनको आठौ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा दुई फिल्मीकर्मीलाई सम्मान गरेका छन् । पत्रिका प्रकाशनको सातौ बर्ष पुरा गरेर आठौ बर्ष प्रवेश गरेको उपलक्ष्यमा आयोजित कार्यक्रममा ‘बर्ष व्यक्ति पुरुष र महिला’ घोषणा गरिएको हो । kali and barsha

साप्ताहिकले बर्ष व्यक्ति पुरुषको सम्मान संगीतकार कालिप्रसाद बाँस्कोटालाई प्रदान गरेको छ । ‘पुराना डुङ्गा, लुट २, रेशम फिलिली’ जस्ता फिल्ममा उनले दिएको संगीत खुबै चर्चामा रहेको थियो । यस्तै, ‘साँइली’ बोलको गीतबाट पनि उनले चर्चा पाइरहेका छन् । यस्तै, बर्ष व्यक्ति महिलाको सम्मान अभिनेत्री बर्षा राउतलाई प्रदान गरिएको छ ।

बर्षाले अभिनय गरेका दुई फिल्म ‘छक्का पन्जा र जात्रा’ यो बर्ष बम्पर हिट भएका थिए । कार्यक्रममा बोल्दै फिल्मीखबर साप्ताहिकका प्रधान सम्पादक शान्तिप्रियले अनलाइनको समयमा ८ बर्षसम्म पत्रिका प्रकाशन गर्नु चुनौतीको बिषय भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथी बनमन्त्री शंकर भण्डारीले सम्मानित कलाकारलाई वधाई दिदै सरकारले आउँदो बजेटमा फिल्म क्षेत्रलाई समेट्ने बताए । यस्तै, राप्रपाकी केन्द्रिय सदस्य रेखा थापाले फिल्मीखबर पत्रिका आफ्ना लागि लक्की साबित भएको बताइन् ।

For More videos Log on to Mazzako TV