कतारमा आउँदो शुक्रबार, मार्च १७ तारिखमा फेरी पनि ‘लुट २’ हुँदैछ । दर्शकहरुको माग बढेपछि फिल्म पुनः प्रर्दशन हुन लागेको हो बताइएको छ । ग्रान्ड मल स्थित एसियन टाउन सिनेमाको हल नं ३ मा बिहान ११ बजे ‘लुट २’ प्रर्दशन हुनेछ ।

loot2-in-quatar

यसअघि पछिल्लो साता सोही हलमा शो लगाउँदा फिल्म हाउसफुल भएको थियो । निश्चल बस्नेत निर्देशित फिल्म ‘लुट २’ नेपालमा भने प्रदर्शन भैसकेको छ । दर्शकले फिल्मलाई मिश्रित प्रतिक्रिया दिएका छन् । व्यापारिक हिसाबले फिल्मले आफ्नो लगानी सुरक्षित गरिसकेका छ । माधब वाग्ले र नरेन्द्र महर्जनको निर्माण रहेको फिल्ममा सौगात मल्ल, दयाहाङ राई, कर्म, ऋचा शर्मा, बिपिन कार्की लगायतका कलाकारको अभिनय रहेको छ । कतारमा ‘लुट २’ ‘कस्तो राम्रो’ इभेन्ट्सले लगेको हो ।

For More videos Log on to Mazzako TV