यही बिहिबार अर्थात् मार्च १६ तारिख देखि राजधानीमा पाँचौं अन्र्तराष्ट्रिय मानव अधिकार फिल्म फेस्टिभल सुरु हुने भएको छ । चार दिनसम्म चल्ने उक्त फिल्म फेस्टिभलमा ३८ देशक झण्डै ९० लघु र डकुमेन्ट्रीलाई देखाइनेछ ।

film-festival

काठमाण्डौंको भृकुटीमण्डपस्थित पर्यटन विकास वोर्डमा बिहिबार ‘देवकीको खोजी’ नामक फिल्मबाट फेस्टिभल सुरु हुनेछ । फेस्टिभलको अन्तिम दिन मार्च १९ तारिखमा ‘भूषको लोग्ने’ नामक फिल्म देखाइनेछ । फेस्टिभलमा जुरी सहित पाँच लघु र डकुमेन्ट्री फिल्मलाई पुरस्कृत गरिने मंगलबार आयोजित प्रेसमिटमा जानकारी गराइयो । ह्युमन राइट्स् फिल्म सेन्टरले ओयजना गरेको फिल्म फेस्टिभलमा विभिन्न संघसंस्था र समुहले सहकार्य गरेका छन् । फेस्टिभलमा देखाइने फिल्म तथा डकुमेन्ट्री मानव अधिकारसँग जोडिएका हुनेछन् ।

For More videos Log on to Mazzako TV