अभिनेता सौगात मल्ल फरक कथा र फरक भूमिकामा फिल्म खेल्न रुचाउँछन् । यही चैत ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लप्पन छप्पन’ मा पनि सौगातले फरक भूमिका निर्वाह गरेका छन् । फरक भूमिका मात्रै होइन यो फिल्ममा सौगातले निकै दुःख पनि गरेका छन् । उनले नक्कली दाँत र बङ्गुरको मुखौटा नै लगाएका छन् ।

saugat-malla

‘दुःख गर्न रमाइलो लाग्छ’ सौगातले भन्छन् , ‘गाह्रो काम गर्न र पसिना निकाल्न मलाई रमाईलो लाग्छ ।’ मुखौटा लगाएर अभिनय गर्दा कस्तो भयो त ? सौगात भन्छन्, ‘अलिअलि निसास्सिएको जस्तो हुने । गाह्रो त पक्कै भयो । तरपनि मुखौटा  लगाएर काम गर्दा रमाईलो भयो ।’ मुकुटसँग पहिल्यैदेखि खेल्ने गरेका सौगात बताउँछन् । मुकुन्द भट्ट निर्देशित फिल्म ‘लप्पन छप्पन’ मा सौगातसँगै दयाहाङ राई, अर्पण थापा, बर्षा सिवाकोटी, प्रकाशजंग शाह, सिड खरेल लगायतको अभिनय रहेको छ । ट्रेलर हेर्नुस् :

For More videos Log on to Mazzako TV