आउँदो सालको दशैंमा प्रदर्शन हुने रेखा थापा आफैंले निर्माण गर्ने फिल्म ‘रुद्रप्रिया’ को सम्पूर्ण प्रि प्रोडक्सनको कार्य सकिएको छ । फिल्ममा रहने गीत रेकर्डिङ भएसँगै रेखाको ‘रुद्रप्रिया’ फ्लोरमा जाँन तयार भएको हो । यही चैत महिनाको अन्त्यबाट फिल्मको सुटिङ सुरु हुनेछ ।

rekha-rudrapreya-team

सुरेश अधिकारीको संगीतमा तीन गीत तयार भएका छन् । जुन गीतहरु भिन्न भिन्न फ्लेवरको रहेको संगीतकार अधिकारीले बताए । ‘हरेक दर्शक तथा श्रोताको रोजाइका गीत बनेका छन्’ मंगलबार अनामनगरको गुञ्जन स्टुडियोमा गीत रेकर्डिङमा भेटिएका संगीतकार अधिकारीले छोटकरीमा भने । रेखा अर्थात् ‘रुद्रप्रिया’ ले पनि विगतका झैं यो फिल्मको गीतहरुले पनि दर्शकलाई मन पर्ने बताइन् । निर्देशक बबी सिंहले फिल्मको कथा अनुसार गीतहरु तयार भएको बताए ।

रेखा फिल्मसको प्रस्तुती रहने फिल्म ‘रुद्रप्रिया’ मा रेखा शिर्ष भूमिकामा प्रस्तुत हुँदैछिन् भने सुदर्शन थापा र अर्पण थापाको महत्वपूर्ण भूमिका छ । रमेश पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा सरस्वती थापा निर्माताको रुपमा रहेकी छिन् । फिल्मका सिनेम्याटोग्राफर सञ्जय लामा हुन् ।

For More videos Log on to Mazzako TV