फिल्म ‘राधे’ को ट्रेलर नेपाल युट्युव ट्रेन्डिङमा पर्न सफल भएको छ । निखिल उप्रेती र प्रियंका कार्की स्टारर यो फिल्मको नेपालको युट्युव ट्रन्डिङमा तेह्रो स्थानमा छ । यसले फिल्म प्रतिको चासो र चर्चालाई प्रस्ट्याउँछ । ट्रेलर यस्तो छ :

जगदिश्वेर थापाको निर्देशन रहेको फिल्म ‘राधे’ मा निखिल र प्रियंकासँगै नायिका अशिष्मा नकर्मी, कलाकारहरु हिउँवाला गौतम, सलोन बस्नेत, प्रमोद अग्रहरी र शिशिर भण्डारीको अभिनय छ । सुशिल पोखरेलको निर्माण रहेको फिल्ममा कृष्ण श्रेष्ठको सिनेम्याटोग्राफी र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । ‘राधे’ नेपाली नयाँ वर्ष बैशाख १ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

nikhil-priyanka

For More videos Log on to Mazzako TV