‘राम प्यारी’ पछि रेखा थापा अभिनित यो वर्ष एक मात्र फिल्म ‘पलाँस’ प्रदर्शनमा आउँदैछ । यही चैत १८ गतेदेखि प्रदर्शनमा आउने यस फिल्ममा रेखा शिर्ष भूमिकामा प्रस्तुत भएकी छिन् भने नायक आयुव केसी र कलाकार कामेश्वर चौरसिया पनि मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

rekha-aayub

कृषा चौंलागाईंको निर्माण र सुवास कोइरालको निर्देशन रहेको फिल्म ‘पलाँस’ को कथा नायक केसी आफैंले लेखेका हुन् । आयुव कथाले कसरी माग्यो त रेखालाई ? गत साता आयोजित प्रेसमिटमा आयुवले भने, ‘स्क्रिप्ट नै रेखा थापाको लागि लेखिएको हो । यदि उहाँले खेल्नु नभएको भए सायद फिल्म नै बन्दैन्थ्यो होला । फेरी मेरो चाहना पनि उहाँसँग फिल्म खेल्नु थियो ।’ उसो त रेखाले पनि स्क्रिप्ट मन परेर ‘पलाँस’ मा अभिनय गर्न राजी भएको बताइन् । ‘सुरुमा त मलाई स्क्रिप्ट नै परेको हो’ रेखाले भनिन्, ‘टिम पनि राम्रो थियो । फिल्म राम्रो बनेको छ । पलाँस दर्शकले डिमान्ड गरे जस्तो फिल्म बनेको छ ।’ नायक आयुव केसीले पनि फिल्ममा राम्रो काम गरेको रेखाले बताइन् । अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा सुसन प्रजापतीको छायाँकन छ । ‘पलाँस’ को टिजर, ट्रेलर तथा गीतहरु सार्वजनिक भैसकेका छन् । ‘मलाई मजा लाग्छ’ बोलको गीतलाई दर्शक श्रोताले रुचाइरहेका छन् । गीत सुन्नुस् : 

For More videos Log on to Mazzako TV