ब्लकबस्टर फिल्म ‘दर्पण छायाँ’ को सिक्वेल ‘दर्पण छायाँ २’ ले कस्तो व्यापार गरिरहेका छ त ? निर्देशक तुलसी घिमिरेले ‘दर्पण छायाँ २’ ले राम्रो व्यापार गरिरहेको बताएका छन् । ‘फिल्म चलिरहेको । दर्शक हलमा आइरहेका छन्’ निर्देशक घिमिरे भन्छन् ।
tulsi-ghimire-puspal-sahara

प्रदर्शनको पहिलो दिन बन्दको केही प्रभाव परेपनि शनिबार र होलि परेको आइतबार फिल्मले दर्शकलाई आकर्षण गरेका लेखक समेत रहेका घिमिरे बताउँछन् । भन्छन्, ‘कतिपय हल त हाउसफूल भए । सोमबार कुमारी हलमा समेत झण्डै हाउसफूल दर्शक छन् ।’ दर्शकले ‘दर्पण छायाँ २’ मन पराइरहेको पनि उनले बताए । साबु गदाल कार्कीको निर्माण रहेको फिल्ममा पुष्पल खड्का, साहारा, श्रद्धा प्रसाईं, फिरोज तिमल्सिना लगायत कलाकारहरुको अभिनय रहेको छ । ‘दर्पण छायाँ २’ सर्जकप्रति समर्पित छ । यसै साताबाट फिल्मको एक टोली मोफसल प्रचारमा निस्किएको छ ।

For More videos Log on to Mazzako TV