‘दि निखिल उप्रेती प्रोडक्शन’ को निर्माण रहेको फिल्म ‘रुद्र’ को अफिसियल रिलिज तय भएको छ । निर्माता समेत रहेका अभिनेता निखिल उप्रेती र निर्देशक रामजी लामिछानेले फिल्म अर्को बर्षको साउन २० मा रिलिज हुने जानकारी दिएका हुन् । वितरक गोपालकाजी कायस्थले ‘रुद्र’ को वितरण जिम्मा लिएका छन् ।

nikhil-uprety

एक्सन स्टार उप्रेती ‘रुद्र’ मा पहिलो पटक पर्दामा खलपात्रको भूमिकामा प्रस्तुत भएका छन् । फिल्ममा निखिलसँगै नव कलाकार विश्व र साराले पनि महत्वपूर्ण भूमिकामा अभिनय गरेका छन् । कलाकारहरु रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल, शिशिर भण्डारी, अनिल पाण्डे लगायत कलाकारहरुको पनि फिल्ममा अभिनय छ । हिमाल केसीको द्वन्द्व निर्देशन रहेको फिल्ममा मुख्य सहायक निर्देशकमा रामशरण पाठक छन् । छायाँकन सौरभ लामाले गरेका छन् ।

For More videos Log on to Mazzako TV