नायिका तथा निर्मात्री श्वेता खड्काले सामाजिक सेवा गर्ने उद्घोष सहित श्वेता श्री फाउण्डेशन स्थापना गरेकी छिन् । सात सदस्सीय कार्य समितिको टोली रहेको श्वेता श्री फाउण्डेशनको गत साता मात्रै औपचारिक घोषणा गरिएको हो ।

shetwa-khadka1

श्वेताश्री फाउण्डेशन स्थापना बारे प्रेसमिटमा श्वेताले भनिन्, ‘दादा (स्व.श्रीकृष्ण श्रेष्ठ) लाई माया गर्ने धेरै फ्यानहरु भेट्थें । उहाँहरुले दाईको लागि केही गर्नुस् भनेर हौसला दिइराख्नु हुन्थ्यो । उहाँहरुकै हौसलाले म फाउण्डेशन खोल्न सफल भएँ ।’ श्वेताले थपिन्, ‘दादाकै जिल्लामा पर्ने भूकम्प प्रभावित माझी गाउँमा पनि म गएको थिएँ । उहाँहरुले मलाई एकदमै माया देखाउनु भयो । तर उहाँहरुको अवस्थालाई देख्दा मेरो मन थामिएन । मैंले त्यहीबाट उहाँहरुको बस्ती बनाउने वचन दिएको थिएँ ।’

shetwa-khadka

श्वेताश्री फाउण्डेशनले सिन्धुपाल्चोकमा रहेको भूकम्प प्रभावित माझी बस्ती सहित क्यान्सर पिडितका लागि पनि काम गर्ने श्वेताले बताइन् । श्रीकृष्णको निधन बोन क्यान्सरका कारण भएको थियो । माझी बस्तीमा ६२ घर धुरी छन् । स्थानियको हातेमालोमा चाँडै नै माझी बस्ती निर्माण गरिने श्वेताले बताइन् ।

shetwashree-foundation-press-meet

For More videos Log on to Mazzako TV