फिल्म ‘प्रेम गीत २’ आउँदो वर्षको साउन १३ गते सार्वजनिक रुपमा प्रदर्शनमा आउने भएको छ । फिल्म निर्माण कम्पनी आशुसेन फिल्मसले उक्त मितिलाई नेपाल रिलिज डेटको रुपमा तय गरेको हो । अभिनेता प्रदीप खड्काको जन्मदिन गएको शुक्रबार ‘प्रेम गीत २’ को रिलिज डेट घोषणा गरियो ।

pradip-aslesha

सन्तोष सेनको लगानीमा रामशरण पाठकको निर्देशन रहेको फिल्म ‘प्रेम गीत २’ मा प्रदीप र नव नायिका अश्लेष ठकुरीको मुख्य भूमिका रहेको छ । वर्थ डे सेलिव्रेसन कार्यक्रममा निर्माता सेन, निर्देशक पाठक, नायिका ठकुरी, कोरियोग्राफी रेनशा वान्तवा राई र सञ्चारकर्मी उपस्थित थिए । निर्देशक रामशरण पाठकले नेपाल र म्यानमारलाई जोड्ने काम फिल्मले गर्ने बताए । वर्थ डे व्वोय खड्काले फिल्मबाट निकै आशावादी रहेको बताए ।

pradip-rensa

प्रदीपको वर्थ डेमा ‘प्रेम गीत २’ ले नव निर्वाचित चलचित्र पत्रकार संघको पदाधिकारीलाई सम्मान व्यक्त गर्दै ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहयोग प्रदान गरेको छ । निर्माता सेनले अध्यक्ष सापकोटालाई उक्त राशीको चेक हस्तान्तरण गरे ।

premgeet1

For More videos Log on to Mazzako TV