बैशाखमा ‘वर्ल्ड कप इन नेपाल’
एक युवकले फुटबलमा देखेको सपना, विश्वकपमा गएर देशको नाम उच्च राख्ने चाहना अनि त्यो पुरा गर्न उसले गर्ने संघर्षलाई देखाउन खोजिएको, बाल मनोविज्ञानमा आधारित चलचित्र ‘वर्ल्ड कप इन नेपाल’ यही बैशाख १९ गतेबाट प्रर्दशनमा आउने भएको छ । भर्खरै नेपाली चलचित्र पनि डिष्ट्रीब्युट गर्न थालेको दर्शना आर्टस्ले यो चलचित्र प्रर्दशनको जिम्मा लिएको छ ।
‘वर्ल्ड कप इन नेपाल’ मा गिरी प्रसाद पुन, गोपाल अर्याल, संगम राई, सपना घिमिरे, उमेश थापा, सागर लामा, ऋषि थापामगर, राम फागो, पर्वत सुब्बा, सुजन तामाङ, निश्चल घलेलगायतले अभिनय गरेका छन् ।
चलचित्रलाई प्रकाश थापा र राम तामाङले निर्माण गरेका हुन् । चलचित्रमा संगीत जुगल डंगोलको रहेको छ ।
मनिष पन्तको छायांकन रेहेको यस चलचित्रलाई राजु भण्डारीको सम्पादन रहेको छ भने चलचित्रको कोरियोग्राफी कृष्णभक्त महर्जनले गरेका हुन् । चलचित्रको निर्देशन रामशरण पाठकले गरेका हुन् ।