बलिउडमा एक साथ तेश्रो फिल्म खेलिसक्दा अभिनेता बरुण धवन र अभिनेत्री आलिया भट्टको जोडी जमेको देखिएको छ । ‘स्टूडेन्ट अफ द इयर’बाट एकसाथ बलिउड करिअर सुरु गरेको यो जोडी अभिनित नयाँ फिल्म ‘बद्रिनाथ कि दुल्हनिया’ शुक्रबारबाट रिलिज भएको छ । फिल्मले २ दिनमा गरेको व्यापार हेर्दा पनि उनीहरुको जोडी जमेको वुझ्न सकिन्छ । badrinath ki dulhaniya

यो फिल्मले शुक्रबार १२.२५ करोडको कमाई गरेको थियो । तर, शनिबार फिल्मको व्यापार उकालो लाग्यो । शनिबार फिल्मले १४.७५ करोडको कमाई गर्‍यो । २ दिनमै २७ करोडको व्यापार गर्दै फिल्मले नाफा कमाउने संकेत गरेको छ ।

फिल्मले यो बर्ष रिलिज भएका केहि फिल्मको लाइफ टाइम कलेक्शन समेत २ दिनमै तोडिदिएको पनि छ ।

For More videos Log on to Mazzako TV