आमा सरस्वती मुभिजको प्रस्तुतीमा दीपकराज गिरी र दिपाश्री निरौलाले नयाँ फिल्म ‘छक्का पञ्जा २’ निर्माण गर्ने भएका छन् । दिपाश्रीको निर्देशन रहने गर्ने गरी ‘छक्का पञ्जा २’ निर्माण हुने दिपकराजले आफ्नो फेसबुक मार्फत घोषणा गरेका हुन् । दिपक लेख्छन्, ‘छक्का पञ्जा नेपाली चलचित्र इतिहासकै सबैभन्दा बढि दर्शकले हेरेको चलचित्र भयो । केहि कमी कमजोरीलाई पनि तपाइहरूले औल्याइदिनु भएको छ । त्यो सबैलाई मन र मस्तिष्कमा राखेर नयाँ चलचित्रको घोषणा गर्न जाँदैछौं ।’
Deepak deepa

निर्देशक विकास आचार्यको कथा रहने फिल्ममा दिपकराजको पटकथा तथा संवाद रहनेछ । युवा पुस्ताबिच हुने छक्का पञ्जाको कथा रहने बताइएको ‘छक्का पञ्जा २’ मा सबै जसो ‘छक्का पञ्जा’ का कलाकारहरु दोहोरिनेछन् । पुरानासँगै केही नयाँ कलाकारहरु पनि थप हुने निर्देशक निरौलाले जानकारी दिएकी छिन् । ‘सबै तयारी सकिएपछि हामी जेठको दोश्रो साताबाट सुटिङ सुरु गर्नेछौं’ दीपाश्रीले भनिन्, ‘टिममा सल्लाह गरेर हामीले छक्का पञ्जा २ बनाउने निर्णय गरेका हौं ।’ यसअघि दिपक र दीपाले निर्देशक विकास आचार्यसँग मिलेर नयाँ फिल्म बनाउने तयारी गरेका थिए । ‘छक्का पञ्जा २’ बनाउने निर्णय भएपछि निर्देशक आचार्यसँग प्रोजेक्टलाई पर सारिएको दिपाश्रीले बताइन् ।

For More videos Log on to Mazzako TV