शुक्रबारबाट भारत लगायत विश्वभर फिल्म ‘बद्रीनाथ कि दुल्हनिया’ रिलिज भएको छ । यो फिल्ममा बलिउडका सफल कलाकार वरुण धवन र आलिया भट्टको मुख्य भूमिका छ । barun and aliya

यो फिल्मको ट्रेलर र गीत सार्वजनिक भएसँगै यसको उचाई चुलिएको थियो । यसैले पनि फिल्म रिलिज भएपछि फ्यानको भिड हलमा देखिएको छ ।

तर, मुम्बई लगायत भारतका विभिन्न स्थानमा फिल्म हेर्न हलमा पुगेका दर्शकले केहि गाह्रो सहनु परेको छ । मुख्यतया, फिल्म हेर्न हलमा पुगेका दर्शकले शो ढिलो सुरु हुँदा समस्या झेल्नु परेको हो । फिल्मको प्रीन्ट ढिलो आउँदा यस्तो समस्या भएको भारतीय मिडियामा उल्लेख छ ।

तर, फिल्मले शुक्रबार राम्रो ओपनिङ गर्ने अपेक्षा गरिएको छ । फ्यानले फिल्मलाई राम्रो भनेका छन् ।

For More videos Log on to Mazzako TV