तक्मे बुढाले भने ‘म आलु होईन’
‘मेरी बास्स’ैका ‘तक्मे बुढा’ अर्थात विल्सन बिक्रम राई पारिश्रमिक उच्च लिन र आफ्नो भाऊ बढाउने कलाकार भनेर प्राय भिडियामा समाचारहरु आईरहन्छन् । यो कुराको बारेमा उनीले मिडियासँग चित्त दुखेको बताए । आफ्नो बारेमा समाचार लेख्दा एकपटक सोधेर मात्रै लेख्न उनको अनुरोध थियो । उनले भने “एक पक्षको मात्रै कुरा सुनेर मेरो बारेमा नलेखिदिनुहोला, एक पटक मलाई पनि सोधिदिनु भयो भने राम्रो हुनेछ ।”
शुक्रबार काठमाण्डौंमा आयोजित चलचित्र ‘अधकट्टी’को पत्रकार सम्मेलनमा बोल्दै उनले भने “मिडियामा मेरा बारेमा पारिश्रमिकलाई लिएर अनेक प्रकारका कुराहरु आउछन, तर म के भन्छु भन म आलु होईन भाऊ घटबढ हुनलाई ।”
आफ्नो पछाडी केही मान्छेहरु हात धोएर पछि लागेको नभएर ‘नुवाईधुवाई गरेर नै’ पछि लागेको भनि रमाईलो पारामा उनले ब्यंग्य प्रहार गरे । तर को को उनको पछाडी ‘नुवाईधुवाई गरेर नै’ लागेका छन भन्ने बारेमा भने उनले बोल्न चाहेनन् ।
पारिश्रमिक भन्दा पनि चलचित्रमा काम गर्ने कुरा ठुलो हुने बताउदै उनले भने “फिल्मबाट पाएको पैसा त फिल्म सुटिङ्ग सकिदा सम्म सकिईसकेको हुन्छ, भनेपछि आफै बुझ्नुस मैले चलचित्रबाट धैरै पैसा लिएको छु कि कम ।” आफु कलाकारिता क्षेत्रकै लागि जन्मिएको मान्छे भएको बताउदै उनले सधै यही क्षेत्रमा लागिरहने र यही क्षेत्रमा मर्ने समेत सुनाए ।
केही अघि चलचित्र ‘६ एकान ६’ मा पारिश्रमिकको कुरा नमिलेपछि उनले चलचित्र नखेलेको भन्ने समाचारहरु मिडियामा आएका थिए । तर उनले ‘तक्मे बुढा लस्ट इन लण्डन’बाट भने १६ लाख रुपैया लिएको भिडियासामु स्वीकारिसकेका छन् ।
सञ्चारकर्मी सुव्रत आचार्य निर्देशित चलचित्र अधकट्टीमा पनि आफुले धेरै पारिश्रमिक नलिएको विल्सन सुनाउछन् । उनले भने “चलचित्रको स्क्रिप्ट राम्रो लगेर बिकास आचार्य दाईको फिल्म छुटाएर भए पनि यो चलचित्रमा काम गर्न लागेको हु ।”
चलचित्र ‘अधकट्टी’मा विल्सनका अलावा गौरव पहारी, अशिष्मा नकर्मी, रिश्ता बस्नेत, गम्भिर विष्ट, पुष्प आचार्य, किरण थापा, जीत राघव, दिनेश खड्का, दिपक अधिकारी, अर्जुन पोख्रेल, सन्तोष लामा साईब्रत आचार्य आदी रहेका छन् । चलचित्रमा विशेष भुमिकामा नायिका नम्रता श्रेष्ठ र गजित विष्ट पनि देखा पर्नेछन् । यही चलचित्रबाट प्रदिप बास्तोला पनि डेब्यु गर्दैछन् ।
यही फागुन २९ गतेबाट फ्लोरमा जान लागेको चलचित्र ‘अधकट्टी’को ३५ दिनमा सुटिङ्ग सक्ने लक्ष्य लिईएको छ । द्वारिका उदय प्रोडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘अधकट्टी’मा कथा सुवास थापाको रहनेछ भने चलचित्रलाई हरि घले लामाले खिच्नेछन् ।
For More videos Log on to Mazzako TV