यही शुक्रबार, फागुन २७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘दर्पण छायाँ २’ को बिहिबार प्रिमियर शो गरिएको छ । राजधानीको सुन्धारास्थित सिटीसी मलको हलमा गरिएको प्रिमियर शोमा फिल्म टिम, कलाकर्मी तथा सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो ।

puspal-sahara-shardha-firoj

फिल्म ‘दर्पण छायाँ २’ को प्रिमियरमा लेखक तथा निर्देशक तुलसी घिमिरे, निर्माताद्वया साबु गदाल कार्की र रवि कार्की, नायक पुष्पल खड्का, नायिका साहारा कार्की, फिरोज तिमल्सिना, श्रद्धा प्रसाईं, जीवन आचार्य र सुमन घिमिरे उपस्थित थिए । यस्तै अभिनेता सरोज खनाल, कलाकार वियस राणा, भारती घिमिरे, छायाँकार रामेश्वर कार्की लगायत प्रिमियरमा उपस्थित थिए ।

darpan-chhaya2-premiere

निर्माता छविराज ओझा, निर्देशक दिनेश डिसी, नायिका शिल्पा पोखरेल, रंगकर्मी सुनिल पोखरेलले प्रिमियरमा ‘दर्पण छायाँ २’ हेरे । उनीहरुले फिल्म राम्रो लागेको प्रतिक्रिया दिए । युवा पुस्ताको साँगीतिक प्रेम कथामा आधारित फिल्म ‘दर्पण छायाँ २’ सर्जकहरुप्रति समेत समर्पित छ । तस्बिर : उद्धव रसाईली

sahara-firoj

utsav-rasaili-sabu-gadal-karki

shardha-praisain

aayub-akrisa

shilpa-puspal-sahara-firoj-shardha

For More videos Log on to Mazzako TV