puspal-sahara

रिलिजको पुर्व सन्ध्यामा फिल्म ‘दर्पण छायाँ २’ को नयाँ गीति भिडियो रिलिज भएको छ । चन्दन लोम्जेलको संगीत रहेको गीतमा राजेश पायल राई र मेलिना राईको स्वर छ । शब्द साबु रविले लेखकी हुन् । भिडियोमा फिल्मका मुख्य पात्र पुष्पल खड्का र साहारा कार्की फिचरिङ छन् । छेदुप लामाको कोरियोग्राफी रहेको गीतको भिडियो यस्तो छ :

तुलसी घिमिरेको लेखन तथा निर्देशन रहेको फिल्ममा यही शुक्रबार अर्थात् फागुन २७ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा पुष्पल र साहारासँगै फिरोज तिमल्सिना, श्रद्धा प्रसाईं लगायत कलाकारहरुको अभिनय छ । साहारा फिल्मसको पहिलो प्रस्तुती रहेको फिल्ममा डा.लोप्साङ लामाको प्रस्तुती छ । निर्माताको रुपमा साबु गदाल कार्की र रवि कार्की रहेका छन् । फिल्ममा रामेश्वर कार्कीको छायाँकन छ ।

For More videos Log on to Mazzako TV