अमेरिकामा धुम मच्चाउदै ‘६ एकान ६’
प्रेम भट्टराई,
एरी, पेन्सिलभेनिया (अमेरिका)
सुपरहिट नेपाली चलचित्र ‘छ एकान छ’ अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित एरी सहरमा भव्य प्रदर्शन गरिएको छ । चलचित्र हेर्न आफ्नो ब्यस्ततालाई थाती राख्दै दुई सयभन्दा बढी दर्शकको उपस्थिति रहेको थियो ।
चलचित्र हेरेपछि दर्शकहरुले ‘६ एकान ६’ निकै राम्रो चलचित्र बनेको प्रतिक्रिया दिए । विदेशमा बसेर यस्तै राम्रो नेपाली चलचित्र हेर्ने चाहना रहेको उनीहरुको भनाई थियो ।
नेपाली चलचित्र हेर्दा नेपाली चलचित्र हेरेको जस्तै लाग्नुपर्ने उनीहरुले बताए । टेलिभिजनका कलाकरहरुले ठुलो पर्दामा गरेको कामलाई अमेरिकाबासी नेपालीहरुले रुचाएका छन् । आगामी दिनमा पनि यस्तै नेपाली चलचित्र हेर्ने चाहना रहेको पनि उपस्थित दर्शकले सुनाउन भ्याए ।
सर्बाधिक सफल मानिएको चलचित्र ‘६ एकान ६’ भर्जिनिया राज्यस्थित रिचमोंड सहर माँ यही मार्च १६ तारीख का दिन भव्य प्रदर्सन हुने त्यहाँ बाट राम उप्रेतीले जानकारी दिनुभएको छ।
चलचित्र ‘६ एकान ६’ मा तितो सत्य, जिरे खुर्सानी र मेरी बास्सैका कालकारहरु मुख्य भुमिकामा प्रस्तुत भएका छन् । दिनेश डिसी निर्देशित चलचित्र ‘६ एकान ६’ मा ६ जना नायककी नायिका भएर निता ढुंगाना प्रस्तुत भएकी छिन् ।
चलचित्रको निर्माण दिपकराज गिरी, दिपाश्री निरौला र निर्मल शर्मा ‘गैडा’ मिलेर गरेका हुन् ।
For More videos Log on to Mazzako TV