फिल्म ‘रुट नं २३’ मा सौगात मल्ल र नम्रता श्रेष्ठ मूख्य भुमिकामा देखिने भएका छन् । फिल्म ‘छड्के’ पछि सौगात र नम्रता एकसाथ पर्दामा प्रस्तुत हुन लागेका हुन् । निर्देशक समिर बलामीले आफ्नो फिल्ममा सौगात र नम्रता पक्का भएको जानकारी दिएका हुन् ।

3
निर्देशक बलामीका अनुसार ‘रुट नं. २३’ मा नम्रता र सौगातसँगै बुद्धि तामाङ, मेनुका प्रधान, सुधिर श्रेष्ठ लगायतको अभिनय रहनेछ । अष्ट्रेलियाका विकास श्रेष्ठ र युकेका दिपेन्द्र शाक्यको संयुक्त लगानी रहने फिल्ममा कार्यकारी निर्माताको रुपमा राजेन्द्र प्रसाद त्रिपाठी रहेका छन् । काठमाडौं, पोखरा र हिमाली भेगमा छायांकन गरिने फिल्मको चैत्रको दोश्रो साताबाट वर्कशप सुरु हुने निर्देशकले बताएका छन् । छायाँकन बैशाखदेखि सुरु हुनेछ । फिल्मको बजेट मात्रै एक करोड पचास लाख अनुमान गरिएको छ ।

For More videos Log on to Mazzako TV