ई बाल सखा । पढाईमा लद्दु । टेष्ट फेल । सपना पैसा कमाउने । विदेशीनै लागेको अर्को एक लद्दुसँग भेट । तीन जना मिलेर गर्छन पैसा कमाउने फण्डा । पैसा देखेपछि महादेवका पनि खुल्छ रे तीन नेत्र, यी बबुराको के कुरा ? पैसाको जालमा फसेपछि अधकट्टीले दिन्छ राहत । अनि थाहा हुन्छ, जीवनमा सधै फण्डाले गर्दैन काम, तर…….।

यस्तै यस्तै कथाबस्तुमा बन्न लागेको चलचित्र ‘अधकट्टी’को आज काठमाण्डौंमा शुभ मुहुर्त गरियो । विशेष पुजाआजा गरेर चलचित्रको शुभमुर्हत गरिएको हो तर कार्यक्रममा शुभ मुहुर्त सट भने दिईएन । चलचित्रको निर्देशन सञ्चारकर्मी सुव्रत आचार्यले गर्दैछन् ।

चलचित्रका कलाकारहरुमो गौरव पहारी, विल्सन विक्रम राई, अशिष्मा नकर्मी, रिश्ता बस्नेत, गम्भिर विष्ट, पुष्प आचार्य, किरण थापा, जीत राघव, दिनेश खड्का, दिपक अधिकारी, अर्जुन पोख्रेल, सन्तोष लामा साईब्रत आचार्य आदी रहेका छन् । चलचित्रमा विशेष भुमिकामा नायिका नम्रता श्रेष्ठ र गजित विष्ट पनि देखा पर्नेछन् । यही चलचित्रबाट प्रदिप बास्तोला पनि डेब्यु गर्दैछन् ।

यही फागुन २९ गतेबाट फ्लोरमा जान लागेको चलचित्र ‘अधकट्टी’को ३५ दिनमा सुटिङ्ग सक्ने लक्ष्य लिईएको छ । द्वारिका उदय प्रोडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘अधकट्टी’मा कथा सुवास थापाको रहनेछ भने चलचित्रलाई हरि घले लामाले खिच्नेछन् ।

‘अधकट्टी’मा संगीत राजन इशानको रहेनेछ तर बसन्त सापकोटाले पनि चलचित्रको एक गीतमा अतिथि संगीतकारको रुपमा संगीत भरेका छन् । चलचित्रको नृत्य निर्देशन कविराज गहतराज र गम्भिर बिष्टको रहनेछ । सञ्चारकर्मी सुव्रत आचार्यले निर्देशन गर्न लागेको चलचित्र अधकट्टी कस्तो हुने हो त्यो भने प्रर्दशन पछि मात्रै थाहा होला तर चलचित्रको शुभमुर्हत भने गज्जबकै थियो ।

For More videos Log on to Mazzako TV