फिल्म ‘दर्पण छायाँ २’ की नव नायिका साहारा कार्की फिल्म प्रचारको लागि नेपाल आएकी छिन् । अमेरिकामा रहेकी साहारा यही शनिबार पारिवारिक सदस्य सहित नेपाल आएकी हुन् । ‘दर्पण छायाँ २’ प्रदर्शनमा आउँन अब एक साता (फागुन २७ गते) मात्रै बाँकी छ ।

sahara

‘बल्ल तल्ल कलेजमा छुट्टी मिल्यो’ साहाराले भनिन्, ‘हामीसँग थोरै समय छ । भएको सबै समय प्रचार प्रसारमा दिन्छु ।’ ब्लकबस्टर फिल्म ‘दर्पण छायाँ’ को सिक्वेल ‘दर्पण छायाँ २’ बाट साहाराले नेपाली रजतपटमा नायिकाको रुपमा डेव्यु गरेकी हुन् । तुलसी घिमिरेको लेखन तथा निर्देशन रहेको फिल्ममा उनी नव नायका पुष्पल खड्काको अपोजिटमा छिन् । सावु गदाल कार्की र रवि कार्कीको संयुक्त निर्माण रहेको फिल्ममा साहारा र पुष्पलसँगै श्रद्धा प्रसाईं, फिरोज तिमल्सिना लगायतको अभिनय रहेको छ । ट्रेलर हेर्नुस् :

For More videos Log on to Mazzako TV