फेरि बन्दैछ ‘जन्मभूमि’
१८ बर्ष अघि निर्माण भएको चलचित्र ‘जन्मभूमि’ नाम राखेर पुन चलचित्र निर्माण हुने भएको छ । चलचित्र ‘जन्मभूमि’को निर्देशन मोहन निरौलाले गर्दैछन् । यसअघि निर्माण भएको ‘जन्मभूमि’ पनि मोहनले नै निर्देशन गरेका थिए, जस्मा निर्माता छविराज ओझाले लगानी रहेको थियो । नारी बिद्रोह र सशक्तिकरणको कथा बोल्ने नयाँ ‘जन्मभुमि’मा भने सुरज गिरीले लगानी गर्दैछन् ।
शनिबार काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको शुभ मुहूर्त गरियो । नेपाली चलचित्र क्षेत्रका पुरानादेखि नयाँ सम्म कलाकारहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा उपस्थित अतिथिहरुले चलचित्रको सफल्ताको लागि शुभकामना ब्यक्त गरे ।
चलचित्रको बारेमा बोल्दै चलचित्रका निर्देशक मोहन निरौलाले भने ‘नारीलाई सधै पिडित र दमित भुमिकामा प्रस्तुत गरिन्छ तर यस चलचित्रमा भने नारीलाई विद्रोही क्यारेक्टरमा प्रस्तुत गर्न लागेको छु ।’ चलचित्रको कथा निर्देशक स्वयंले तयार पारेका हुन् ।
१०४ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर गरिएको चलचित्रको शुभ मुहूर्तमा बोल्दै निर्देशकले भने ‘नारी हरेका जागरुकताको प्रेरक हो, नारी साधन होईन हाम्रो उत्प्रेरणाको स्रोत हो ।’ चलचित्रमा नारी शक्तिलाई देखाईने पनि बताईएको छ ।
‘जननी जन्मभुमिश्च स्वर्गादपि गरियसी’को मुल मर्म बोकेर चलचित्र निर्माण हुन लागेको हो । यस पि इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको यस चलचित्रमा कलाकारहरुको रुपमा विनोद श्रेष्ठ, निश्मा घिमिरे,मोहन निरौला र बाल कलाकारको रुपमा सौगात विष्ट छनौट भईसकेका छन् ।
अन्य कलाकारहरुको छनौट भईरहेको छ । यसै चलचित्रबाट नेपाली रजतपटमा जेबिका कार्कीले पनि प्रवेश गर्दैछिन् । चलचित्रका कास्टिङ्ग डाईरेक्टर शान्तिप्रिय हुन भने चलचित्रका संगीतकारहरुमा रमेश खड्का र बसन्त सापकोटा अनुबन्धित भएका छन् ।
चैत्र ५ गतेबाट फ्लोरमा जान लगेको चलचित्र‘जन्मभूमि’लाई युवराज राईले खिच्नेछन् । चलचित्रमा श्रंगार उरु लामा, द्वन्द निर्देशन अष्ट महर्जन, भेषभुषा बद्री कार्कीको रहनेछ । चलचित्रमा स्व. पुण्यप्रसाद निरौला, चेतन कार्की, शान्तिप्रियको गीत रचना रहनेछ । यस चलचित्रको छायांकन सिन्धुली र काठमाण्डौं आसपासमा गरिनेछ ।
For More videos Log on to Mazzako TV