बलिउड अभिनेता सलमान खानका फ्यानका लागि उनको फिल्म रिलिजको मिति सधै नै प्रतिक्षामा रहन्छ । यतिमात्र होइन, उनी कुन नयाँ फिल्मबाट दर्शकमाझ आउँदैछन् भन्ने प्रतिक्षा पनि उनीहरुलाई हुन्छ । salman khan

हामी, तपाइलाई सलमानका नयाँ फिल्मको बारेमा यहाँ बताउँदैछौ । सलमानको यसै बर्षको इदमा ‘ट्यूबलाइट’ नामक फिल्म रिलिज हुँदैछ । यसपछि, यसैबर्षको क्रिसमसमा उनी अभिनित फिल्म ‘टाइगर जिन्दा हे’ रिलिज हुनेछ ।

यसपछि, उनी रोमिया डिसुजाको एक डान्स फिल्ममा देखिदैछन् । सलमानले, यो फिल्म सकेपछि उनी अनिल अग्नोहत्रीको फिल्ममा काम गर्नेछन् । सलमानले अभिनय गर्ने भनेको ‘शेर खान’ सन् २०१९ मा रिलिज हुनेछ । उनकै होम प्रोडक्शन फिल्म ‘दबंग ३’को घोषणा पनि हुन बाँकी छ ।

For More videos Log on to Mazzako TV