निर्देशक शोभित बस्नेतले नयाँ फिल्म ‘बाबु कान्छा’ बनाउने भएका छन् । सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा मुख्य कलाकारको पमा छोरा सलोन बस्नेत रहने छन् । अन्य कलाकारको तय हुने क्रममा रहेको निर्देशक शोभित बस्नेतले जानकारी दिएका छन् ।

sovit-salon-gajalu-premier

बिहिबार फिल्मको एक गितको रेकर्डिङ गर्दै फिल्म ‘बाबु कान्छा’ प्रि-पोडक्सनको काम सुरि गरिएको छ । बिहिबार संगीतकार टंक बुढाथोकीको संगीत र गायक कमल खत्रीको स्वरमा ‘छाई सक्यौं आँखामा तिमी’ बोलको गित बाट फिल्मको सुरु गरिएको छ । फिल्मको अर्को गीतमा ओम सुनवारको संगीत रहनेछ ।

babu kancha

फिल्मको छायाँकन नेपाल र दुबईमा हुनेछ । लामो समयको विश्रामपछि सोभित पुनः फिल्म फर्किएका हुन । उनी पछिल्लो फिल्म ‘टिचर’ को प्रदर्शनको र शोमा उनी व्यस्त थिए ।

For More videos Log on to Mazzako TV