आफ्नी छोरीलाई कसैले मारिदिने धम्की दियो भने पितालाई के होला ? अहिले बलिउडका चर्चित अभिनेता महेश भट्टलाई पनि यस्तै भएको हुनुपर्छ ।
aliya and mahesh bhatta
उनलाई एक समुहले फोन गर्दै उनकी छोरी अभिनेत्री आलिया भट्टलाई मारिदिने धम्की दिएको छ । अभिनेत्री आलिया भट्टलाई मार्ने धम्की कसले दियो भन्ने खुलेको छैन । प्रहरीले यो बिषयमा छानबिन गरिरहेको छ ।

महेशलाई फोन गरेर एक अन्डरवल्र्ड समुहले ५० लाख नदिए छोरी आलियालाई मारिदिने धम्की दिएको हो । समुहले लखनउको बैंकमा ५० लाख जम्मा गर्न समेत धम्की दिएको छ ।

सुरुमा कसैले जिस्क्याएको भन्दै नपत्याएका महेशले दोश्रो पटक छोरीलाई नै मार्ने धम्की आएपछि प्रहरीमा उजुरी दिएका थिए ।

For More videos Log on to Mazzako TV