नायिका केकी अधिकारी र नायक पुष्पल खड्काको जोडीले अभिनय गरेको निकै रमाईलो गीति भिडियो सार्वजनिक भएको छ । ‘गुडी जाने रेल’ बोलको यस गीतमा केकी र पुष्पलको जुगलबन्दी निकै मिलेको देखिन्छ ।

Keki pic new

सार्वजनिक भएको यस गीतमा आवाज गायक किशोर शिवाकोटीको छ । शब्द पनि उनैले लेखेका हुने भने संगीत सुनिल मास्केको छ । अमेरिकामा बसेर पनि नेपाली गीत संगीतमा तल्लीन रहेका गायक शिवाकोटी गीतबाट निकै राम्रो प्रतिक्रिया पाईरहेको सुनाउछन् । ‘गीत सुन्दा जति राम्रो लाग्छ भिडियो हेर्दा पनि झनै मज्जाले इन्जोए गरिरहेको छौ भनेर दर्शक स्रोताले भन्नु भएको छ’, गायक शिवाकोटीले मज्जाको अनलाईनसँग कुरा गर्दै यसो भने ।

बिशाल भण्डारीले निर्देशन गरेको यो भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन भने सम्पादन निशान घिमिरेको छ । हेरौं, गुडी जाने रेल कस्तो छ त ?

For More videos Log on to Mazzako TV