नायक आर्यन सिग्देल हिजोआज खाली छन् । प्रदर्शन, प्रि र पोस्टमा आर्यनका कुनै पनि फिल्महरु छैनन् । आफ्नै ब्यानरबाट निर्माण हुने फिल्मको पर्खाइमा रहेका आर्यनले बाहिरी ब्यानरका फिल्मलाई ‘रिजेक्ट’ गर्दै आएको उनी निकट श्रोत बताउँछ । आखिर आर्यन के गर्दैछन् ?

aaryan-sigdell

जे गरेतापनि आर्यन सामाजिक सञ्जाल फेसबुकमा राम्रै रुपमा सक्रिय छन् । कविता सहितका तस्बिरहरु उनी फेसबुकमा पोस्ट गरिरहन्छन् । सोमबार भने उनले कविता बिनाको एउटा तस्बिर पोस्ट गरेका छन् । रातो हुक, कालो चस्मा र क्यापवाला तस्बिरमा आर्यनको गालाभरी दाह्री छ । झ्याप्प दाह्री नराख्ने आर्यनको यो लुक्स कतै नयाँ फिल्मको लागि त होइन् ?

For More videos Log on to Mazzako TV