गोपालचन्द्र लामिछानेले निर्देशन गर्ने फिल्म ‘लम्फू’ को औपचारिक निर्माण घोषणा भएको छ । राजधानीमा चलेको लामो ‘वर्कसप’ र फ्लोरमा जाने निश्चित निर्माण टिमले आइतबार ‘कास्ट एण्ड क्रियू’ सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेको हो । शक्तिबल्लव घोरासिनी निर्माता रहने फिल्ममा कबिर खड्का, मरिस्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, ओम गुरुङ, कुशाग्र भट्टराई लगायतको मुख्य भूमिका रहनेछ ।

lamphu-pressmeet.docx

पपुलर मल्टिमिडियाको ब्यानरमा बन्ने फिल्मको लेखन भूपतिको हो । उक्त ब्यानरबाट यसअघि फिल्महरु ‘किन लाग्छ माया’, ‘बोक्सी’ र ‘दि मिरर’ निर्माण भईसकेका छन् । साथै पुनम ईन्टरटेन्मेन्टको सहकार्यमा ‘ओ माइ म्यान’ नामको लघु फिल्म पनि निर्माण गरिसकेको छ ।सुखी र सम्पन्न जीवन जिउँने लक्ष्यका साथ शहर पसेको एक युवकको जीवनका यात्रा सुरु भए पश्चात उत्पन्न हुने आरोह अवरोहको कथा फिल्म ‘लम्फू’ ले पस्कनेछ । अर्जुन पोखरेलको संगीत रहने फिल्ममा अष्ट महर्जनको द्वन्द्व रहनेछ भने दिपक बज्राचार्यको छायांकन तथा हरि सिलवालको सम्पादन रहनेछ । नृत्य निर्देशनमा रामजी लामिछाने छन् ।

lamphu-team

पुनम ईन्टरटेन्मेन्टको कस्ट्युम डिजाईन रहने चलचित्रलाई ४० दिन भित्र खिचिसक्ने लक्ष्य निर्माण टिमले राखेको छ । यसै साताबाट फ्लोरमा जाने निर्देशक लामिछानेले बताए । पश्चिम नेपालको पर्वत र काठमाडौंमा ’लम्फू’ खिचिनेछ ।

For More videos Log on to Mazzako TV