जब, बलिउडका दुई चर्चित अभिनेत्री दीपिका पादुकोण र प्रियंका चोपडा हलिउड यात्रामा लागे, यी दुइको बोलचाल नै बन्द भएको चर्चा भयो । हलिउड यात्राका कारण दीपिका र प्रियंकाविच दुश्मनी सुरु भयो ।
deepika and priyanka in oscar
एक अवार्डमा प्रियंकाको लोकप्रियताका कारण दीपिकाले नृत्य नगरेको चर्चा पनि भयो । दीपिका र प्रियंकाले एक अर्काको बिषयमा घुमाएर टिप्पणी पनि गरे । हलिउडमा पुगेर को सफल र चर्चित हुने भन्ने कुराले यी दुइविच दुश्मनी बढायो ।

तर, यी दुई अभिनेत्रीलाई एकसाथ पार्टीमा रमाएको देखिएको छ । दीपिका र प्रियंका विश्वकै चर्चित अवार्ड शो ‘अस्कर’ अवार्डमा भाग लिने तयारीमा छन् । यहि, अवार्डको प्रि पार्टी आयोजना भएको थियो । सो पार्टीमा दीपिका र प्रियंकाले एकसाथ खानेकुरा खाइरहेका छन् । दुइको मुस्कानले पनि दुश्मनीका समाचार झुटा थिए भन्ने पुष्टी गर्दछ ।

For More videos Log on to Mazzako TV