बलिउडमा सधै नै परिवारवादको चर्चा भैरहेको हुन्छ । बलिउड परिवारबाटै आएका कलाकारले मात्र बढी अवसर पाएको र उनीहरुकै सन्तती हिट भएको चर्चा हुन्छ ।

यो बिषयमा फेरि एकपटक अभिनेत्री कंगना रनावतले बहस सुरु गरिदिएकी छिन् । चर्चित शो ‘कफि विथ करण’मा उनले यो कुरालाई उठान गरेकी हुन् । बलिउड परिवारकै सन्तती भएका कारण धेरै हिट भएको उनको तर्क थियो ।

alia

तर, यो कुरालाई अभिनेत्री आलिया भट्टले अस्विकार गरिदिएकी छिन् । उनले भनिन्–‘स्टारका सन्तानले पहिलो फिल्म परिवारकै कारणले पाउँछन् । तर, लामो समयसम्म जम्नका लागि परिवारवादले मात्र पुग्छ जस्तो मलाई लाग्दैन । म नाम त लिन चाहन्नँ, तर कैयौ यस्ता सन्तान छन् जो बलिउड स्टार भएर पनि जम्न सकेनन् ।’

उनले, कुनै पनि कलाकारलाई परिवार चर्चित छ भनेर हेर्न हलसम्म दर्शक नआउने समेत बताएकी छिन् । आलिया बलिउडका चर्चित निर्माता तथा निर्देशक मुकेश भट्टकी छोरी हुन् । तर, आज उनी आफ्नै दमले हिट भैरहेकी छिन् ।

For More videos Log on to Mazzako TV