बलिउड अभिनेता साहरुख खान महिलाहरुको उच्च सम्मान गर्छन् । यसैले, उनका फ्यान महिला धेरै छन् । यतिमात्र होइन, आफ्नो कार्यलयमा काम गर्ने महिलाहरुलाई पनि साहरुखले सरप्राइज दिने गरेका छन् । srk in valentine

यस बर्षको भ्यालेन्टाइन डे मा अभिनेता खानले आफ्ना महिला कर्मचारीलाई स्पेशल गिफ्ट दिएका थिए । उनको गिफ्टमा गुलाबको फूल, स्मार्टफोन, ‘रइस’ फिल्मको लकेट, हातले वुनिएको ब्याग उनले गिफ्ट गरेका थिए ।

उनको यो गिफ्ट पाएर धेरै महिला कर्मचारी भावूक भएका थिए । साहरुखले फिल्म ‘चल्ते चल्ते’ सफल भएपछि महिला कर्मचारीहरुलाई एक महिनाको तलब बोनस दिएका थिए ।

भ्यालेन्टाइनको यो गिफ्ट, साहरुख मिडियामा नआओस् भन्ने चाहन्थे । तर, उनले गोप्य राख्न चाहेको यो कुरा मिडियामा लिक भएको छ ।

For More videos Log on to Mazzako TV