दिपेन्द्र के. खनाल निर्देशित फिल्म ‘लभ लभ लभ’ को ट्रेलर रिलिज भएको छ । स्वस्तिमा खड्का र सुरज पाण्डेको मुख्य भूमिका रहेको दुई मिनेट चालिस सेकेण्ड लामो ट्रेलरमा लभ, रोमान्स र विछोडको भाव झल्किन्छ । ट्रेलर हेर्नुस् :

सर्मिला पाण्डेको निर्माण रहेको फिल्म ‘लभ लभ लभ’ बैशाख १ गतेदेखि प्रदर्शनमा आउँदैछ । अमृत पाण्डे प्रस्तुतकर्ता रहेको फिल्ममा निरज कंडेलको सिनेम्याटोग्राफी, सुरेश राईको संगीत र सुर्य थोकरको द्धन्द्ध निर्देशन रहेको छ । स्वस्तिमा र सुरजसँगै फिल्ममा रमेश बुढाथोकी, देशभक्त खनाल, लक्ष्मी भूषाल, रुपा राना, ए.गुरुङ लगायत कलाकारहरुको अभिनय रहेको छ ।

swostima-suraj

स्वस्तिमाको डेव्यु फिल्म ‘होस्टेल रिटन्र्स’ पछि ‘लभ लभ लभ’  दोश्रो फिल्म हो भने सुरजको पहिलो फिल्म हो । ‘पशुपति प्रसाद’ जस्तो फिल्म निर्देशन गरेका दिपेन्द्र के.खनालको ‘लभ लभ लभ’ ले दर्शकको कस्तो साथ पाउँला त ?

For More videos Log on to Mazzako TV