एक साता अगाडी फिल्म ‘रोमियो’ को ‘बाबरी’ बोलको गीत रिलिज भएको थियो । तारा प्रकाश लिम्बुको संगीत रहेको फिल्मको गीतलाई हालसम्म करिब एक लाख साठ्ठी हजारले हेरेका छन् । सन्तोष लामा र मेलिना राईको स्वर संगीत रहेको गीतलाई युट्युवमा राम्रो प्रतिक्रिया आएको छ । भिडियो :

‘रोमियो’ का नायक तथा निर्माता हसनराज खानले गीतको भिडियो खिच्दाका केही मज्जाको पलहरुलाई सम्झिएका छन् । उनका अनुसार गीत खिच्न सिकलेस जाने क्रममा नायिका निशा अधिकारी जिपमा लिफ्ट मागेर गएकी थिइन् । ‘गाडी जाने बाटो अत्ति नै सानो थियो । त्यसैले उहाँलाई जिपमा पठायौं ।’

nisa-adhikari-hasan-raja-khan

होटलबाट दैनिक दुई घण्टा पैदल हिंडेर सुटिङ स्थलमा जाने गरेको पनि हसनले सुनाए । ‘लोकेशन खोज्न जाँदा पहिलो दिन त म दुई घण्टा हराएँ’ उनले भने, ‘मिहेनत गरेर खिचेको गीत राम्रो बनेको छ । रेस्पोन्स राम्रो आइरहेको छ यसमा हामी खुसी छौं ।’ शंकर कार्कीको निर्देशन रहेको फिल्म ‘रोमियो’ मा निशा र हसनसँगै आसिमा बानुको पनि अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV