केहि महिना अगाडि अभिनेता ऋतिक रोशन र अभिनेत्री कंगना रनावतविच लफडा चल्यो । यो लफडा अदालत, प्रहरीसम्म पुग्यो । ऋतिक र कंगना केहि समय अगाडि प्रेममा थिए । यसपछि, यी दुइको प्रेम टुट्यो । प्रेम टुटेपछि ऋतिकले कंगनालाई फिल्म ‘आशिकी ३’बाट हटाए । यसपछि यी दुइको लफडा सुरु भएको थियो । hritik and kangana

तर, लफडा सकिएको केहि महिनापछि अभिनेत्री कंगनाले फेरि यो बिषयमा कुरा गरेकी छिन् । उनले भनेकी छिन्–‘मलाई बलिउडको एउटा ठूलो घरमा बोलाइएको थियो । र मैले मुख खोलेको खण्डमा मेरो करिअर नै सकिदिने धम्की दिइएको थियो ।

तर, त्यसले मलाई कुनै पनि असर गरेन । किनकी, मेरा लागि यो च्याप्टर सकिएको थियो ।’आफूलाई जिन्दगीको उक्त क्षणमा पनि कुनै डर नलागेको कंगनाले बताएकी छिन् ।

For More videos Log on to Mazzako TV