नयाँ प्रदर्शन मिति चैत्र १८ गते पक्का गरेसँगै रेखा थापा स्टारर फिल्म ‘पलाँस’ को लिरिकल भिडियो पनि सार्वजनिक गरिएको छ । ‘हेल्प लिन सक्छौ म बाट’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत, सुगम पोख्रेलको स्वर र भावना पाठकको शब्द छ । कृषा चौंलागाईंको निर्माण र सुवास कोइरालाको निर्देशन रहेको फिल्म ‘पँलास’ मा रेखा थापा, कामेश्वर चौरासिया र आयुव केसीको मुख्य भूमिका रहेको छ । लिरिकल भिडियो हेर्नुस् :

यस्तै निर्मात्री कृषा चौलागाईंले ‘हेल्प लिन सक्छौ म बाट’ बोलको गीतको ‘कभर सङ्ग प्रतियोगीता’ को पनि आव्ह्वान गरेकी छिन् । यही फाल्गुण ९ गतेदेखि चैत्र १५ गतेसम्म यो गीतको कभर गीत गाएर पठाउन सकिनेछ । गीत गाएको अडियो वा भिडियो तयार गरेर ‘पलाँस’ को अफिसियल फेसबुक पोजमा पोष्ट गर्न सकिनेछ । फेसबुकमा पोष्ट भएका गीतमध्ये १ लाइकको १ अंक र १ शेयरको २ अंक प्रतियोगीले प्राप्त गर्नेछन् ।

rekha-thapa-in-palash

प्राप्त कभर गीतमध्ये उत्कृष्ट ५ को चयन गरिनेछ । यसपछि, ‘पलाँस’ को टिमले विजेताको घोषणा गर्नेछ । विजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने निर्माणपक्षले जनाएको छ । पाँच उत्कृष्ट कभर सङ्ग गाउने प्रतियोगीले विशेष गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । लाइक र शेयर बढाउनका लागि फेसबुकमा वुष्ट गर्नेलाई असक्षम घोषणा गर्न समेत सकिने शर्त राखिएको छ ।

For More videos Log on to Mazzako TV