फिल्म ‘पर्व’ को छायाँकन सकिएको छ । यही वर्षको चैत २५ गतेलाई प्रदर्शन मिति तोकिएको दिनेश राउत निर्देशित फिल्मको यसै साता छायाँकन सकिएको हो । करिब चालिस दिनसम्म ‘पर्व’ खिचिएको निर्देशक दिनेश राउतले जानकारी दिए ।

dinesh raut

‘एउटा गीतको आधा सुटिङ बाँकी छ । अरु सबै सुटिङ सकियो’ निर्देशत राउतले भने, ‘चैत २५ मा प्रदर्शन गर्ने गरी फिल्मको सम्पादन कार्य भैरहेको छ ।’ एउटा पर्वमा घटेको घटनापछि उत्पन्न विभिन्न उतारचढाव बारे कथा भन्ने फिल्ममा नायिका नम्रता श्रेष्ठ र गायक तथा नायक कोशिस क्षेत्री मुख्य भूमिकामा प्रस्तुत भएका छन् । ‘काले दाई’ को भिडियो हेर्नुस् :

सुवास गिरी र निकिता पौडेलको संयुक्त लगानीमा निर्माण भएको ‘पर्व’ को काले दाई बोलको आइटमले बजार लिइरहेको छ । ‘काले दाई’ मा निश्चल बस्नेत र माला लिम्बुको आइटम छ ।

For More videos Log on to Mazzako TV