फागुन २७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘दर्पण छायाँ २’ को नयाँ गीति भिडियो रिलिज भएको छ । सार्वजनिक नयाँ गीत ‘तरङ नौलो’ बोलको गीतलाई सुन्दर दृश्यमा खिचिएको छ । भिडियो यस्तो बनेको छ :

रञ्जित गज्मेरको संगीत रहेको गीतमा मेलिना राईको स्वर छ । शब्द निर्देशक तुलसी घिमिरे आफैंले लेखेका हुन् । छायाँकार रामेश्वर कार्कीले निकै सुन्दर दृश्क कैद गरेका छन् । नृत्य निर्देशन छेदुप लामाको छ । फिल्ममा नव जोडी पुष्पल खड्का र साहाराको मुख्य भूमिका रहेको छ । साथमा सरोज खनाल, भारती घिमिरे, फिरोज तिमल्सिना, श्रद्धा प्रसाईं लगायतको अभिनय रहेको छ ।

sahara

साहारा फिल्मस् प्रोडक्सनको पहिलो प्रस्तुती रहेको फिल्म ‘दर्पण छायाँ २’ लाई साबु गदाल कार्की र रवि कार्कीले संयुक्त निर्माण गरेका हुन् । डा.लोप्साङ लामाको प्रस्तुती रहेको फिल्मको लेखन कार्य पनि निर्देशक घिमिरेले नै गरेका हुन् ।

For More videos Log on to Mazzako TV