सुपरहिट गीत ‘साइली’ शिर्षक माथि अब फिल्म पनि बन्ने भएको छ । ‘साइली’ लाई बजारमा ल्याएको जीएच इन्टरटेनमेन्टले नै यो शिर्षक माथि फिल्म बनाउने घोषणा गरेको हो । शनिबार गरिएको ‘साइली’ लञ्च कार्यक्रममा कलाकार गौरव पहारीले ‘साइली’ माथि फिल्म बन्ने घोषणा गरेका हुन् ।षणा गरेको हो । शनिबार गरिएको ‘साइली’ लञ्च कार्यक्रममा कलाकार गौरव पहारीले ‘साइली’ माथि फिल्म बन्ने खुलाएका हुन् ।

gaurav-pahari

‘भिडियो बनाउँदा नै हामीले फिल्म बनाउने सोच बनाएका थियौ’ गौरवले भने, ‘यस्तो सफलतापछि त अब फिल्म बनाउँनै पर्छ भन्ने लागेको छ । हामी छिट्टै नै ‘साइली’ फिल्मको काम सुरु गर्नेछौ ।’ कालिप्रसाद बाँस्कोटाको संगीत तथा शब्द र हेमन्त राणाको स्वर रहेको ‘साइली’ गीतलाई दर्शक तथा श्रोताले अत्याधिक रुचाइरहेका छन् । युट्युवमा भिडियो हेर्नेको संख्या ३७ लाख नाघिसकेको छ । भिडियोमा गौरव र मेनुका प्रधान फिचरिङ छन् । भिडियो : 

For More videos Log on to Mazzako TV