दिपाश्रीलाई स्कुलको सम्मान
बौद्व रामहिटीमा अवस्थित ज्ञानमाला अंग्रेजी स्कुलले आफ्नो पन्ध्रौ बार्षिक उत्सवको आवसरमा शनिवार हाँस्यकलाकार दिपाश्री निरौलालाई सम्मान गरेको छ । प्रत्येक बर्ष कलाकारिताको क्षेत्रमा योगदान पु¥याउने एकजना स्रष्टालाई सम्मान गर्दै आएको यस विद्यालयले यसपाली भने दिपाश्रीलाई सम्मान गरेको हो । देसल्ला ओढाएर रु पाँच हजार नगद र ताम्रपत्र सहित उनलाई सम्मान गरिएको हो । महिला भएर पनि पुरुष कलाकारहरु झै कलाकारिताको माध्यमबाट सामाजिक सचेतनामा विशेष भुमिका खेलेको बताउदै विद्यालयले उनलाई सम्मान गरेको हो ।
बर्षभरि विभिन्न विद्यामा उत्कृष्ट रहन सफल विद्यार्थीहरुलाई पनि कार्यक्रममा पुरस्कृत गरिएको थियो । विद्यालयका विद्यार्थी र उनीहरुका अभिभावक सहितको उपस्थिति रहेको कार्यक्रममा दिपाले सम्मान ग्रहण गर्दै विद्यार्थीहरुलाई पढाईसँगसँगै आफ्नो इच्छाएको अतिरिक्त क्रियाकलापमा लाग्न समेत आग्रह गरिन ।
“पछि गएर जुन क्षेत्रमा लागेपनि सदैव टप टेन भित्र पर्ने कोशिष गर्नुहोला”, उनको भनाई थियो “पढाईलाई सदैव महत्व दिनुहोला तर पढाईसँगै कलाकारिता, खेलकुद जुनसुकै क्षेत्रमा गएपनि सफल हुने किसिमले मेहनत गर्नुहोला ।” कार्यक्रममा दिपाश्रीले धनियाँ बनेर देशका समसामयिक बिषयबस्तुहरुमा ब्यंग्य प्रहार गर्दै उपस्थित सबैलाई हसाईन ।
For More videos Log on to Mazzako TV