आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस् को संयुक्त ब्यानरमा निर्माण हुने फिल्मको निर्देशकमा दिपेन्द्र लामा फाइनल भएका छन् । कलाकार तथा निर्माता दीपक राज गिरीले आफ्नो फेसबुक मार्फत उक्त जानकारी गराएका हुन् । अन्य कलाकार तथा प्राबिधिक भने छनौट भइरहेको उनले स्टाटसमा उल्लेख गरेका छन् । उक्त फिल्म २०७६ सालको दशैमा प्रदर्शन हुनेछ ।

खबर अनुसार दीपकको जोडीको रुपमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग कुरा भैरहेको छ । आमा सरस्वती मुभिजले सोलो रुपमा अर्को सिनेमा पनि निर्माण गर्नेछ । रोहित अधिकारीले फिल्म गाजलु निर्माण गरेर सिनेमा नगरीमा निर्माताको रुपमा परिचित छन् ।

यस फिल्ममा काम गरेको दीपकले पारिश्रमिक लिने छैनन् । तर, यसपटक भने उनी नाफाको ग्यारेन्टी गर्दै प्रतिशतमा होमिएका छन् । दीपकले यो सिनेमाका लागि ५० प्रतिशत नाफाको हिस्सा लिनेछन् । नेपालमा यस्तो खालको जोखिम उठाउन कलाकारहरु तयार छैनन् ।

For More videos Log on to Mazzako TV