स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठको जन्म स्मृतिमा पत्नी श्वेता खड्काले सामाजिक कार्यमा हात बढाएकी छिन् । घर आँगन नामक सामाजिक संस्थाको कार्यालयको जग बसाल्न निर्देशक दिपाश्री निरौला मार्फत श्वेताले रु.१ लाख ५० हजार बराबरको चेक संस्थाका अध्यक्ष दीपक सिलवाललाई हस्तान्तरण गरिन् । यसको कार्यालय धुम्वाराहीमा छ ।

shetwa-deepa

बिहिबार दरबार मार्गमा रहेको आफ्नै हिमालय जाभा कफी सपमा श्वेताले सानो जमघट गर्दै उक्त संस्थालाई आर्थिक सहयोग गरेकी हुन् । रकम हस्तान्तरण गर्दै श्वेताले भनिन्, ‘उहाँले यसरी नै आफ्नो जन्मदिनमा सामाजिक सेवा गर्नु हुन्थ्यो । मैंले उहाँको चाहनालाई निरञ्तरता दिएको हुँ ।’ यस्तै निर्देशक निरौलाले श्वेताको सामाजिक कार्यको प्रशंसा गर्दै स्व.अभिनेता श्रीकृष्णलाई कहिल्यै नर्बिसिने बताइन् ।

shetwa-khadka

४७ वर्षिय श्रीकृष्णको गत ०७१ सलमा निधन भएको थियो । श्वेतासँग विवाह भएको एक महिना मै श्रीकृष्णको निधन भएको थियो ।

For More videos Log on to Mazzako TV