फिल्म ‘अप्सरा’बाट फिल्म नगरिमा डेब्यू गर्दा अभिनेत्री संचिता लुइटेलको सुन्दरताको फ्यान धेरै थिए । यी अभिनेत्रीको फ्यान अहिले पनि छन् । संचिताको हातमा अहिले आक्कल झुक्कल फिल्म मात्र पर्ने गरेका छन् । तर, उनले अब भने निर्देशक योगेश घिमिरेको फिल्ममा काम गर्ने भएकी छिन् ।
sanchita-aunty
योगेशको निर्देशनमा बन्न लागेको फिल्म ‘राधा’मा संचिता राधा बन्न लागेकी हुन् । उनलाई अभिनेता जीवन लुइटेलले जोडीको रुपमा साथ दिनेछन् । फिल्मको छायांकन वैशाख २२ गतेबाट सुरु हुँदैछ ।

योगेशको व्यानरमा सधै नै काम गरिरहेकी अभिनेत्री नीता ढुंगाना यसपटक भने यो फिल्ममा देखिनेछैनन् । नीतालाई यसपटक योगेशले किन पत्याएनन् यो उनले नै जान्ने कुरा हो । तर, योगेश अब संचिताको भाग्य चम्काउन लागेका छन् ।

For More videos Log on to Mazzako TV