इन्सु राईद्वारा अहिलेसम्मकै उचाईमा कन्सर्ट गरेको दावी, अब ससारकै गहिरो गल्छीमा गर्ने
काठमाडौं । गायक इन्सु राईले ‘मेरा पिक’ हिमालको चुचुरोमा लाईभ सांगीतिक कन्सर्ट गरि कीर्तिमानी कायम गरेको दावी गरेका छन्।
शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरि उनले अहिलेसम्मकै उचाईमा मेरा पिक हिमालको ६ हजार ४ सय ७१ मिटर अग्लो चुचुरोमा पुगेर उचाईमा कन्सर्ट गर्ने अहिलेल सम्मकै रेकर्ड तोडेको दावी गरे ।
राईले नोभेम्बर ११ का दिन ‘मेरा’ हिमालको शिखरमा सांगीतिक प्रस्तुति दिएको र जुन विश्वको नै पहिलो अग्लो स्थानमा एक्लो सांगीतिक प्रस्तुति भएको दाबी गरे । ‘यति अग्लो ठाउँमा कसैले पनि यसअघि कन्सर्ट गरेको भेटिएन’, उनले भने,‘त्यसैले हामीले गिनिज रेकर्ड बनाउने गरी नै यो अभियान थालेका थियौं । र, सफल भयो पनि ।’
विश्वकै अग्लो स्थानमा सांगीतिक कार्यक्रम गरेको भने पनि पत्रकार सम्मेलनमा उनले त्यसको आधिकारीकता प्रमाणित गर्ने खालको कुनै सामग्री भने पेस गरेनन् । पत्रकार सम्मेलनमा केही पत्रकारले उक्त कार्यक्रमको भिडियो फुटेज उपलब्ध नएको बारे कुरा उठाए पछि उनले फुटेज भए पनि आफ्नो समुहका सदस्यले त्यो नदिदा कार्यक्रममा सार्वजनिक गर्न नसकेको बताए ।
उक्त फुटेज उपलब्ध गराउन आफुले बारम्बार आग्रह गरे पनि त्यो आफुलाई नदिएकाले अब आइतवार देखि त्यसको कानुनी उपचारको बाटोमा जाने राईले चेतावनी दिए ।
‘पर्यटनका लागि नेपाल सुरक्षित छ’ भन्ने नारका साथ भएको कन्सर्टमा आठ वटा लोक लयका गीत गाएको बताए । राईका अनुसार पहिलो १६ जनाको टिमसँग उक्त कार्यक्रम गर्न असफल भए पछि दोस्रोपटकमा मेरापिकको शिखरमा कन्र्सट भएको थियो ।
भारी हिमपात र समुका केही सदस्यमा स्वास्थ्य समस्या देखिए पछि हिमपात भएपछि टोलीले यही उचाईमा कार्यक्रम सकाएर शिखरमा भने दोस्रो पटक मात्र कन्सर्ट गरेका हुन् ।
पहिलो समुहमा उनी लगाए भिजे ल्हाक्पा शेर्पा, डिजे छेवाङ शेर्पा तथा पत्रकार सुरज राई रहेका थिए भने दोस्रो पटकको समुहमा ११ सदस्य थिए ।
संसारकै गहिरो गल्छीमा पनि कन्र्सट
अहिलेसम्मकै उचाईमा कन्सर्ट गरेको दावी गरेका राईले अब संसारकै गहिरो गल्छीमा पनि सांगीतिक कार्यक्रम गर्ने भएका छन् ।
त्यही पत्रकार सम्मेलनमा नै उनले यहि फाल्गुनको १३ देखि १६को बीचमा संसारकै गहिरो गल्छिमा साँगीतिक कार्यक्रम गर्न लागेको जानकारी दिए । समुद्र सतह देखि ५ हजार ५ सय ७१ मिटर गहिराईमा रहेको उक्त गल्छि काली गण्डकी नदिको किनारमा पर्छ ।
उक्त सांगीतिक कार्यक्रममा उनी लगाएत लोक दोहोरी गायक हरि डाँगी , गायिकाहरु सम्झना लामिछाने मगर र कल्पना श्रीपालको प्रस्तुति रहने छ ।
For More videos Log on to Mazzako TV