नेपाली सिने नगरीमा निक्कै नै अब्बल मानिने निर्माता सुनिल रावलले नया चलचित्र निर्माण गर्ने भएका छन् ।गोबिन्द शाही र रावलको संयुक्त रुपमा लगानी रहने चलचित्रको नाम ‘आभास’ जुराइएको छ ।’आभास’ सिनेमाको लागि कलाकारहरुको छनौट भइरहेको छ।सक्ष्म र इच्छुकबाट आबेदन मागिएको छ ।
क्षमता भएका कलाकारलाइ अभिनय गराउने हेतुले आबेदन मागिएको जनाएका छन् द्वय निर्माता रावल र शाहीले ।फिल्ममा ग्यालेक्सी पिक्चर्सको प्रस्तुति दुर्गिस फिल्मस् र क्रियटिभ प्रोडक्सन पनि एसोसिएट रहेको छ ।सुरेन्द्र पौडेलले निर्देशन गर्ने चलचित्रमा इच्छुकले सिधै दुर्गिश फिल्म को अफिसियल मेलमा ([email protected])आफ्नो फोटो,मोबाइल नम्बर तथा बायोडाटा पठाउँन अनुरोध गरिएको छ ।
यसघि सुनिलले सायद,होस्टेल तथा गोबिन्द शाहीले संसार आफ्नै ,कहाँ छौ कहाँ जस्ता हिट सिनेमा निर्माण गरि सकेका छन् ।

For More videos Log on to Mazzako TV