गायक राजन तिमल्सिनाको दोस्रो एल्बम ‘यो सम्बन्ध’ बजारमा आएको छ । एल्बममा चारवटा गीत समावेश गरिएको छ । चार गीत मध्ये शीर्ष गीत ‘यो सम्बन्ध’को म्युजिक भिडियो पनि तयार पारिएको छ ।

युट्युबमार्फत रिलिज गरिएको भिडियोले राम्रो प्रतिक्रिया पाईरहेको गायक सुनाउछन् । शीर्ष गीतमा संगीत स्वयं गायककै रहेको छ भने शब्द रबि मल्लको छ । भिडियोको निर्देशन भने बिभोर पोखरेलले गरेका हुन् ।

गायक तिमल्सिनाले करिब डेढ बर्ष अघि ‘कदम’ नामक एल्बम बजारमा लिएर आएका थिए । पहिलो एल्बमको सफल्ता पछि उनी दोस्रो एल्बम निकाल्न हौसिएका हुन् ।

‘दुई दुई बर्षमा नयाँ एल्बम बजारमा लिएर आउने सोच छ’ उनी सुनाउछन् । गायक तिमिल्सिनालाई मज्जाकोअनलाईन परिवारको तर्फबाट सफल्ताको शुभकामना ।

हेर्नुहोस भिडियो ।

 

 

For More videos Log on to Mazzako TV