फिल्म ‘मरिना’ ले नव प्रतिभावान गायक गायिकाको खोजी गरेको छ । प्रस्तुतकर्ता श्याम अर्यालका अनुसार प्रतिस्पर्धाबाट छानिएका सर्वोउत्कृष्ट व्यक्तिले फिल्ममा स्वर भर्ने अवसर पाउनेछन् । ‘क्षमतावान नयाँ गायक गायिकालाई अवसर दिने उद्देश्यले प्रतिस्पर्धा गराउन लागिएको हो’ प्रस्तुतकता अर्यालले भने । नायक आर्यन सिग्देलले पनि नयाँ प्रतिभालाई अवसर दिने आफ्नो चाहना पुरा भएको बताएका छन् ।

Aryan sigdel

‘प्रियसी’ बोलको ट्रयाकमा सहभागीहरुले आफ्नो स्वर रेकर्ड गराएर युवट्युवमा अपलोड गर्नुपर्नेछ । सामाजिक कथामा आधारित रहेर निर्माण हुन लागेको ‘मरिना’ लाई फिल्मका निर्देशक अनुप गिरीले निर्देशन गर्नेछन् भने निर्माता रतन थापा हुन् । ट्रयाक सुन्नुस् :

फिल्म ‘मरिना’ मा आर्यन सिग्देल, गौरव पहाडी, वर्षा राउत, पारस थापा, प्रतिष्ठा पौडेल लगायतको अभिनय रहनेछ भने अर्जुन पोखरेल, राजन तिमल्सिना, सन्देश सुवेदीको संगीत रहनेछ । फिल्मको सुटिङ एक महिनापछि सुरु हुनेछ ।

For More videos Log on to Mazzako TV