निर्देशक अनुप बराल र नायिका दिया मास्केले बिवाह गरेको दुई वर्ष पुग्न लाग्यो । लामो समयको प्रेमपछि गुरु र चेलीले आफन्तलाई साक्षी राख्दै लगन गाँठो कसेका थिए ।

anup-diya
विवाह पछि धेरै नेपाली नायिकाले फिल्म क्षेत्र छाडेका छन् । तर, यस मामिलामा भने दिया भाग्मानी देखिन्छिन् । विवाहपछि पनि उनी फिल्म तथा नाटकमा सक्रिय नै छिन् । पती बरालको निर्देशन रहेको नाटक ‘कोर्ट मार्सल’ मा अभिनय गरेकी दियाले भर्खर अनुपकै निर्देशन रहेको ‘दोख’ को छायाँकन सकाएकी छिन् ।

anup-diya1

फिल्ममा मात्रै होइन अनुप र दियाको जोडी सार्वजनिक कार्यक्रममा पनि छुट्दैन । फिल्मको प्रिमियर होस् या जमघट, दिया र अनुपको जोडी जमेको पाईन्छ । फिल्म ‘कालो पोथी’ को प्रिमियरमा पनि अनुप र दियाको जोडी मज्जैले जम्यो । विवाहित जोडीको मज्जाका तीन तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं । तस्बिर : कमल प्रसाईं

anup-diya2

For More videos Log on to Mazzako TV