lal-jodi

सञ्चारकर्मी लक्ष्मण सुवेदी निर्मित एंव निर्देशित फिल्म ‘लालजोडी’ को अडियो जुकबक्स रिलिज गरिएको छ । जुकबक्समा थानेश्वर गौतम, टंक बुढाथोकी, सन्तोष श्रेष्ठ र विक्रम राईले चार गीतमा संगीत दिएका छन् । ‘माँ सकम’ बोलको गीतमा नायिका रेखा थापाले पनि स्वर दिएकी छन् । रेखालाई प्रल्हाल तिमिल्सिनाले साथ दिएका छन् । अडियो सुन्नुस् :

यस्तै ‘आज त क्या ब्युटि’ बोलको गीतमा राजेश पायल राई र मनिषा पोखरेलले स्वर दिएका छन् भने संगीत टंकको रहेको छ । सन्तोष श्रेष्ठको संगीत रहेको ‘घिटि घिटि’ बोलको गीतमा युवराज चौंलागाईंको स्वर छ भने ‘कोही छ मसँग भिड्ने’ बोलको गीतमा कलाकार ज्योती काफ्लेले स्वर दिएका छन् भने संगीत विक्रम राईको रहेको छ ।

भदौ १७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लालजोडी’ मा ज्योती काफ्ले, रजनी केसी, आयुष्मा कार्की, बुद्धि तामाङ्ग, पुर्ण थापा लगायतको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV