विपी कोइरालाको चर्चित कृति तीन घुम्ती माथि बनेको फिल्म ‘तीन घुम्ती’ असार १७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । शुक्रबार  राजधानीमा प्रेसमिट गर्दै यो फिल्मको गर्दै नेपाल प्रदर्शन मिति बारे जानकारी गराइएको हो । प्रेसमिटमा फिल्म प्रोमो तथा गीत देखाइयो । ट्रेलर हेर्नुस् :

बाबुराम ढकाल निर्देशित फिल्म ‘तीन घुम्ती’ मा नायिका गरिमा पन्त, नायकद्वाय ध्रुव दत्त र सुशान्त कार्कीको मुख्य भूमिका रहेको छ । जारी प्रेस विज्ञप्तीमा निर्देशक ढकालका अनुसार ‘मुख्य पात्र ईन्दिरा माया र अन्य पात्रको माध्यमले समाजलाई धेरै कुराको पाठ सिकाउनेछ । विद्रोह, संघर्ष र अनुभवलाई यसको माध्यमले उजागर गर्नेछ । जुन कुरा वर्तमान समाजले दबाएर राखेको छ ।’

IMG_6866

स्व.प्रधानमन्त्री सुशील कोइरालाको विशेष आतिथ्यमा ‘तीन घुम्ती’ को विशेष शो सम्पन्न गरिएको यो फिल्मको विभिन्न विदेशी मुलुकमा शोहरु भैरहेको छ । राकेश अद्किया (कर्मा प्रोडक्सन) को निर्माण रहेको फिल्म ‘तीन घुम्ती’ मा डा.कृष्णहरी बरालले गीतका शब्द लेखेका छन् भने संगीत बसन्त सापकोटाको रहेको छ ।

_MG_6880

यसअघि झोला कृति माथि बनेको फिल्म ‘झोला’ व्यापारिक रुपमा हिट भएको थियो । गरिमाकै अभिनय रहेको उक्त फिल्मले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको पुरस्कार पनि पाएको थियो । कृति माथि नै बनेको फिल्म ‘तीन घुम्ती’ पनि व्यापारिक फिल्म पनि सफल होला ? गरिमा भने विवाहवारी गरेर बेल्जियममा छिन् ।

IMG_6863

For More videos Log on to Mazzako TV